From Founder's Desk

"म गर्छु म गर्न सक्छु र अरुलाई पनि जानेको कुआ दिन सक्छु भन्ने परिकल्पका साथ दिर्घकालिन सोचको परिणति हो"

मेरो जीवनको ६३ औऊ वसन्तमा , भनौ आधा जीवन यसै बिधयालय मा बितेको छ। निकै उकाली ओरालिका बाबजुत आजको अवस्था निर्माण वयेको हो। अतितका दिनहरुलाई हेर्दा थुप्रै चुनौतिहरु चिरेर थुप्रै अबसरहरु समातिएको हो।  आजको उपलब्दी र प्राप्तिको श्रेय आदरणीय अभिभाभक ,शिक्षक ,कर्मचारी ,मेरा वोरिपरिका  समाज ,मेरा मित्रहरुमा समर्पण गर्न चाहन्छु। यस कार्यमा मेरो आफ्नो निरन्तरताको मेहनत , परिश्रम र सकारात्मक सोच ,पारिवारिक सहयोगले साथ दिए जस्तो लाग्छ।  म गर्छु म गर्न सक्छु र अरुलाई पनि जानेको कुआ दिन सक्छु भन्ने परिकल्पका साथ दिर्घकालिन सोचको परिणति हो । मेरो यात्रा सुख,दुख,र संघर्सको संगालो ह। अभिभाभकको मनसायलाई बुझी समय अनुकुल बालबालिकाको पठनपाठनलाई कसरि आगाडी बदौना सकिन्छ , कसरि राम्रो बनौन सकिन्छ साथै गुणस्तरीय शिक्षा र बिद्यार्थीहरुको संस्कारमा परिवर्तन ल्याउन सकिने शैक्षिक संस्थाको रुपमा यसलाई स्थापित गर्न पर्यत्नशील रहने छु। 

हेमप्रकाश भुसाल

संस्थापक